गाउँमा भोट हाल्न जानेहरुको संख्या बढे

काठमाडौं, २ मसिंर
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यका छोड्नेको संख्या बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल बढेको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ लैजान निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् ।

आज र भोलि थप बढ्ने अनुमान छ, मंसिर ४ गते हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज र भोलि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या अझ बढ्ने अनुमान छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *