म्याग्दीमा धान उत्पादन बृद्धि

मंसिर १० काठमाडौं ।

म्याग्दीमा धान उत्पादन बृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

म्याग्दी कृषि विकास कार्यालयका कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको बताएका छन् ।

धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै भित्र्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोले बताएका हुन् ।

जिल्लामा ३ हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा यस वर्ष प्रतिहेक्टर ३ दशमलव ८ मेट्रिकटनका दरले कुल १४ हजार ४६२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

गत वर्ष प्रतिहेक्टर ३ दशमलव ७ मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

कृषि प्रसार अधिकृत कल्पना पुनका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको बाली कटानी विधि बाट उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको बताएको छन् ।

म्याग्दीमा गौरिया, गुडुरा, जेठो बुढो, जनर्ली, पहेँले, मार्सी, शङ्कर र युएस ३१२ जातका धानखेती हुँदै आएको बताएका छन् ।

लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा पनि खेती गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान लगाउने गरेका छन् । भने पछिल्लो समय उन्नत जातप्रति किसानको आकर्षण बढेसँगै घैया, गौरिया र अन्दी जस्ता रैथाने जातको खेती घट्दै गएको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दाना क्षेत्रमा धानखेती हुँदै आएको बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *