चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारीका लागि झाडी पन्छाइँदै

असोज २ काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारीका लागि झाडी पन्छाउन सुरु गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीलाई नियमित र व्यवस्थित बनाउन वर्षायाममा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।

निकुञ्जको ३० किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताएका छन् ।

निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको थापामगरले जानकारी दिएका छन् ।

मगरका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएको बताएका छन् ।

यही असोज १७ गतेदेखि जिप सफारी सञ्चालन गर्नेगरी निकुञ्जभित्रको सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पुल मर्मत गर्ने लगायत काम सौराहाका पर्यटन व्यवसायीको सक्रियतामा सुरु गर्न लागिएको जानकारी दिएका छन् ।

गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द भएको थियो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *