आज घटस्थापना दशैं सुरु

असोज २५ काठमाडौं ।

आज घटस्थापना दशैं सुरु सबैको घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

आज बाट नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको हो ।

आज घटस्थापनाको साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताएका छन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।

गाईको गोबरले लिपपोत गरिएको दशैं घरमा नदी वा चोखो स्थल बाट बालुवा अथवा माटो ल्याई जौ, धान, मकै र गहुँ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडा माथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा जमरा ग्रहण गरिन्छ ।

दशैं पर्वलाई असत्य माथि सत्य र आसुरी शक्ति माथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *