सिरहामा अविरल वर्षा र हावाहुरीले उखु खेतीमा क्षति

असोज ११ काठमाडौं ।

सिरहामा लगातारको अविरल वर्षा र हावाहुरीले उखु खेतीमा क्षति पुर्याएको छ ।

विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहितको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा जमिनमा लगाउनुभएको उखुबारीमा क्षति पुगेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण भाडामा लिएर गरेको उखु खेतको उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानी नउठ्ने अवस्था आएको यादवले बताएका छन् ।

उखु खेती राम्रो उत्पादन भएमा करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरे पनि हावाहुरी र अविरल वर्षाले लगानी समेत फिर्ता नहुने अवस्था आएको जनाएका छन् ।

सिरहाको विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रहिसकेका यादव अहिले पुनः कृषि व्यवसायमा फर्किएको बताएका छन् ।

उखु खेती बाट नै घर परिवारको जोहो टार्दै आएकोमा हावाहुरीको क्षतिले गर्दा अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आएको बताएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *