तीन दिनदेखि सल्यानमा विद्युतविहीन

असोज ११ काठमाडौं ।

तीन दिनदेखि सल्यानमा विद्युतविहीन भएको छ ।

सल्यानमा वर्षासँगै चलेको तीव्र गतिको हावाहुरीका कारण दर्जनौं सल्लाका रुखहरु ढल्दा विद्युतविहीन भएको हो ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ५ रिमको वन जंगल क्षेत्रमा हावा हुरीका कारण ठूलो संख्यामा सल्लाका रुखहरु ढलेको कारण विद्युत अपूर्ति बन्द भएको स्थानीयले जानकारी दिएका छन् ।

रिमको जंगलमा दर्जनौं सल्लाका रुखहरु ढलेको खबर आए पनि त्यस क्षेत्रमा आफूहरू पुगि नसकेको डिभिजन वन कार्यालय संल्यानका वन अधिकृत तथा सूचना अधिकारी तेजेन्द्र रावलले बताएका छन् ।

पहिरोका कारण राप्ती राजमार्ग अन्तर्गतको सडक खण्ड टुनिबोटमा अवरूद्ध हुँनुका साथै मोबाइल फोनको नेटवर्क पनि बिहान मात्रै आएको हुँदा घटनास्थलमा पुगेर अवलोकन हुन बाँकी रहेको रावलले बताएका छन् ।

विगत तीन दिन देखि अविरल बर्षा हुनु र त्यसले माटो खुकुलो बनेको समयमा तीब्र गतिको हावा चल्दा दर्जनौंको संख्यामा एकैसाथ रुखहरु ढलेको हुन सक्ने अनुमान गरिएको वन अधिकारीहरुले बताएका छन् ।

सल्यानका संचारकर्मी खगेन्द्र केसीका अनुसार विगत ३ दिन देखि सल्यान विद्युतविहीन भएको बताएका छन् ।

विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश महतोले सल्यान तर्फ ठाउँ– ठाँउमा झरेको पहिरो संगै रुखहरु ढल्दा विद्युत प्रसारण लाइनमा क्षति पुगेका कारण सेवा अवरुद्ध भएको भन्ने सूचना आफूले पाएको बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *