कालो रोबिन ‘बर्ड अफ द इयर’ घोषणा

असोज ५ काठमाडौं ।

न्युजिल्यान्डमा गम्भीर रूपमा लुप्तप्राय कालो रोबिनलाई यस वर्षको ‘बर्ड अफ द इयर’ घोषणा गरिएको छ ।

दक्षिण टापुको पूर्वी तट बाट करिब ८ सय किलोमिटर टाढा चाथम टापुमा पाइने कालो रोबिन कुनै समय लोप हुने अवस्थामा पुगेको थियो । यस पटक प्रतियोगितामा कीर्तिमानी १ लाख ५ हजार भन्दा बढी मत परेको थियो ।

सन् १९८० को दशकमा एउटा प्रजननयोग्य पोथी सहित ५ वटा मात्र कालो रोबिन बाँकी थिए । भने अहिले २ संरक्षित क्षेत्रमा करिब ३५० वटा रहेको बताइएको छ ।

कालो रोबिनले उडानविहीन सुगा काकापो र देशी करेया बाजलाई पछि पार्दै पहिलो स्थान हासिल गर्दै यसले २६ हजार भन्दा बढी मत पाएको जनाएको छ । स्वतन्त्र संरक्षण संस्था फरेस्ट एन्ड बर्डले आयोजना गर्ने प्रतियोगिता विगतमा विवादमा परेको थियो ।

सन् २०१९ मा न्युजिल्यान्डका आइपी ठेगाना बाट सयौँ मत परेपछि विदेशी, विशेषगरी रुसी हस्तक्षेपको आरोप लागेको संस्थाले अधिकांश मत वैध रहेको जनाएको थियो ।

यस वर्ष मतदाताको सङ्ख्या बढ्नुमा विदेशी हस्तक्षेपको भूमिका नरहेको फरेस्ट एन्ड बर्डकी रेबेका ह्याचले बताएका छन् ।

रेबेका ह्याचलको अनुसार १ लाख ५ हजार मानिसले आफ्नो मनपर्ने चरालाई मतदान गरेको बताएका छन् । भने यस अघि सन् २०२३ मा हास्य कलाकार जोन ओलिभरको समर्थन पाए पछि पुटेकेटेकले उपाधि जितेका थिए ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *