भदौ ३१ काठमाडौं ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको उत्तर मन्त्रीहरूले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै अर्को कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलन माथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ ।
Post Views: 2