सिंहदरबारभित्र खुल्यो सुलभ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष

साउन २८ काठमाडौं ।

सिंहदरबारभित्र सुलभ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष खुलेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबार स्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी हुन् ।

कर्मचारी लगायत सिंहदरबारमा आउनेहरुका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलबध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ ।

आज आयोजित कार्यक्रममा मन्त्री यादवल कम्पनीका खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना र उद्घाटन गरिएको जनाएका छन् ।

बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्ने छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *