आज राष्ट्रिय सभाको बैठक बस्दै

साउन २८ काठमाडौँ ।

आज राष्ट्रिय सभाको बैठक बस्ने भएको ।

आज सङ्घीय संसद्, राष्ट्रियस भाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ ।

आज सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँने कार्यसूचि रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको गरी पाँचवाट संसदीय समितिको बैठक बस्ने कार्यसूचि रहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *