काँकडभिट्टा नाका बाट अलैँची निर्यात ६४ प्रतिशतले बृद्धि

साउन १७ काठमाडौं ।

काँकडभिट्टा नाका बाट ६४ प्रतिशतले अलैँची निर्यात बृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०८२,८३ मा काँकडभिट्टा नाका बाट अलैँची निर्यात बाट रु. १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको जनाएको छ ।

२०८१, ८२ मा यस नाका बाट रु.७ अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएकोमा २०८२,८३ मा रु.४ अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको काँकडभिट्टा भन्सार कार्याले जनाएको छ ।

२०८२,८३ मा प्रतिशतका आधारमा हेर्दा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ ।

गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात र कारोबार पनि बढेको बताएका छन् ।

नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक रहेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *