बाढीमा परी नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता

भदौ १२ काठमाडौं ।

बाढीमा परी नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता भएको जनाएको छ ।

भोटेकोशीमा आएको बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण नेपाली भूमिमा रहेका आफ्ना नागरिकहरू हराइरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रवक्ता लिनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन र प्रमाणीकरण गरिरहेको जनाएको छ ।

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका र आसपासका क्षेत्रमा गएको पहिरोले ठूलो मानवीय क्षति पु¥याएको छ ।

उनले दुवै देशका अधिकारीहरू बीच खोजी तथा उद्धार कार्यका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै नेपालको आवश्यकता अनुसार आपतकालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको समेत स्पष्ट पारेका छन् ।

चिनियाँ स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै दिइएको जानकारी अनुसार प्रभावित क्षेत्रहरूमा हालसम्म कुल २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन रहेको जनाएका छन् ।

यद्यपि, भौगोलिक विकटता र प्रतिकूल अवस्थाका कारण यकिन विवरण प्राप्त हुन बाँकी रहेको र प्रमाणीकरणको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *