भदौ ११ काठमाडौं ।
रसुवागढी र तातोपानी नाकाको विकल्पमा कोरला नाका प्रयोग गर्न भन्सार विभागले अनुरोध गरेको छ ।
भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङको कोरला नाका प्रयोग गर्न अनुरोध गरेको हो ।
विभागले पछिल्लो अपडेट सार्वजनिक गर्दै यी दुई नाका हुँदै नेपालतर्फ आउन लागेका मालबाहक सवारी साधन, चालक तथा व्यवसायीलाई कोरला नाका प्रयोग गर्न सूचना जारी गरेको हो ।
सूचना अनुसार कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रक्रिया तथा अन्य आवश्यक सहजीकरणमा विभागले काम गर्ने उल्लेख छ ।
Post Views: 1
