भदौ ११ काठमाडौं ।
रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाइएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी बाट प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ वटा ट्रक मार्फत सामग्री पठाइएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी बाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।
नेपाली सेनाका सवारीमा गएराति नै प्रभावित क्षेत्रतर्फ पठाइएका राहत सामग्री पठाएको हो ।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटर लगायत सामग्री पठाएको जनाएको छ ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत प्रभावित क्षेत्रतर्फ पठाइएको जनाएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।
