साउन १५ कठमाडौं ।
आज दिउँसो राष्ट्रियसभाको बैठक बस्दै छ ।
आज राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको जनाएको छ ।
संघीय संसद् सचिवालयको अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहको जनाएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने समेत कार्यसूची रहेको छ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्ने जनाउको छ ।
समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ ।
