साउन १३ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेर ५० पुगेको जनाएको छ ।
शुक्लाफाँटामा बाघको सङ्ख्या ४४ बाट वृद्धि भएर ५० पुगेको राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय झाले ८ बर्षको अवधिमा निकुञ्जमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको बताएका छन् ।
शुक्लाफाँटा निकुञ्जमा सन् २०१८ मा बाघको गणना गर्दा १६ वटा रहेकोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०८२ पुस देखि २०८३ वैशाख १० गतेसम्म गरेको सर्वेक्षणको नतिजा सार्जवजिक गर्दै जनाएको छ ।
शुक्लाफाँटा र आसपासका क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघ गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बर्दियामा बाघको लागि आहारा प्रशस्त भएका कारण पनि बाघको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । भने देशकमै थोरै क्षेत्रफलमा धेरै बाघको बासस्थानका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिचित रहेको छ ।
कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटामा बाह्रसिङ्गा, चित्तल, बँदेल लगायत गरेर आहारा प्रजाति प्रति वर्गकिलोमिटरमा १४६.२ जनावर रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
