आज कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले शपथ लिने

साउन १३ काठमाडौं ।

आज कर्णालीका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले शपथ लिदै छन् ।

आज दिउँसो ३ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीको शपथ ग्रहण कार्यक्रम राखिएको जनाएको छ ।

हिजो नियुक्त भएका कर्णालीका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीको शपथ ग्रहण कार्यक्रम आज दिउँसो राखिएको जनाएको हो ।

नेकपा एमालेको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री शाहीको आज दिउँसो शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

शाहीले आज सकेसम्म सानो आकारको मन्त्रिमण्डल गठन गर्ने समेत बताइएको छ । भने दुई दलबिच मन्त्रालय भागबन्डाका लागि छलफल गर्नुपर्ने अवस्था आएकाले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना कम रहेको जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *