भन्सार कार्यालय सप्तरीद्वारा सात करोड बढी राजस्व सङ्कलन

साउन १३ काठमाडौं ।

भन्सार कार्यालय सप्तरी द्धारा सात करोड बढीको राजस्व सङ्कलन भएको छ ।

सप्तरी जिल्ला भन्सार कार्यालय तिलाठी बेल्हीले आर्थिक वर्ष २०८२, ८३ मा रु.७ करोड ४२ लाख राजव सङ्कलन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८२, ८३ मा कार्यालयको वार्षिक लक्ष्य रु.८ करोड १७ लाख १५ हजार रहेका थियो ।

लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु.७ अर्ब ४२ लाख राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी विजयकुमार साहले बताएका छन् ।

अघिल्लो आव २०८१, ८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

भन्सार कार्यालयको अनुसार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहले बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *