आज जापानको क्युशु टापुमा ७.१ म्याग्निच्युडको भूकम्प

साउन १२ काठमाडौं ।

आज जापानको क्युशु टापुमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज जापनको दक्षिण पश्चिमीमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाएको हो ।

जापानको मौसम विज्ञान विभागले भूकम्प पछि सुनामीको चेतावनी समेत जारी गरेको छ ।

जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ ।

सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्ने जापानी मिडीया एन एच के ले निर्धारित स्तरसम्मका छालहरू पहिले नै रेकर्ड भइसकेका हुन सक्ने जनाएको छ ।

सञ्चार माध्ययमहरुको अनुसार प्रशान्त “रिंग अफ फायर“ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक रहेको जनाइएको छ ।

लगभग १२ करोड ५० लाख मिलियन मानिसहरूको घर रहेको उक्त द्वीपसमूहले सामान्य तया हरेक वर्ष सयौं भूकम्पीय झट्काहरू आउने र विश्वमा जाने भूकम्पको लगभग १८ प्रतिशत भुकम्प यस क्षेत्रमा जाने गरेको बताइएको छ ।

यद्यपि भूकम्पले पार्ने क्षति तिनीहरूको स्थान र पृथ्वीको सतह मुनि गहिराई अनुसार फरक हुने जनाइएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *