साउन १२ काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बे बीच भेटवार्ता भएको छ।
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको हो ।
आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रम बारे छलफल भएको स्रोतले जनाएको छ ।
भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् ।
त्यस्तै नारायणी अस्पतालका चिकित्सक माथि भएको दुव्र्यवहार पछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटना प्रति पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराउनुको साथै स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको जनाएको छ ।
पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायत प्राकृतिक विपद बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकार दुवैले गम्भीरता पूर्वक पहल गर्नुपर्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
