आज सेयर बजार नेप्से परिसूचक २७०१ अंक कायम

साउन ११ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २७०१ अंक कायम भएको छ ।

आज ६ अर्ब ७ करोडको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूह ०.१० प्रतिशत, नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, गोर्खाज फाइनान्सको ३.८६ प्रतिशत र धौलागिरि लघुवित्तको ३.११ प्रतिशत बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत, व्यापार २.२३ प्रतिशत, होटल तथा पर्यटन २.२२ प्रतिशत घट्यो।

विकास बैंक १.८२ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, लगानी ०.७० प्रतिशत र जीवन बीमा १.२५ प्रतिशत घट्यो ।

माइक्रोफाइनान्स १.२७ प्रतिशत, निर्जीवन बीमा १.२१ प्रतिशत तथा अन्य १.६९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १३.३८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.६३ प्रतिशत घट्यो ।

कालंगा हाइड्रोपावरको ८.५२ प्रतिशत, सालपा विकास बैंकको ८.१९ प्रतिशत तथा होटल फरेस्ट इनको ७.५७ प्रतिशत मूल्य घट्यो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *