साउन ११ काठमाडौं ।
दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८२, ८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु. ५ करोड ५८ लाख रकम प्राप्त गरेका छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी सहकारी मन्त्रालयको अनुसार गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको जनाएको छ ।
मापदण्ड अनुसार छनोट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिएका छन् ।
दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरुपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताएका छन् ।
हरेक आर्थिक वर्षमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन् ।
वरिष्ठ पशु विकास अधिकृत डा. शर्माको अनुसार एउटा सहकारीलाई बढीमा रु. १७ लाख ५० हजारसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको बताएका छन् ।
