असार ३० काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २५७६ अंक कायम भएको छ ।
आज सेयर बजार ८ अर्ब ४१ करोडको कारोबार भएको छ । तीन महिना यताकै उच्च कारोबार भएको हो ।
उपकार लघुवित्तको मूल्य ९.१९ प्रतिशत तथा भगवती हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य बढ्यो ।
आज मूल्य धेरै बढ्नेमा र धेरै कारोबार हुनेभा पनि ऋणपत्र अगाडि रह्यो । कुमारी बैंक डिबेन्चर ९० प्रतिशत, एनआईएमबी डिबेन्चर ९० प्रतिशत र एसबीआई डिबेन्चर ९० प्रतिशत कारोबा् भयो ।
एभरेस्ट बैंक डिबेन्चर ९१ प्रतिशत तथा कृषि विकास बैंक डिबेन्चरको ८३ प्रतिशत उच्च कारोबार भयो ।
बैंकिङ ०.०९ प्रतिशत, विकास बैंक ०.२९ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, होटल तथा पर्यटन ०.०८ प्रतिशत र जलविद्युत् ०.२७ प्रतिशत बढ्यो ।
लगानी ०.५४ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, माइक्रोफाइनान्स ०.०७ प्रतिशत, निर्जीवन बीमा ०.२० प्रतिशत अन्य ०.१५ प्रतिशत बढ्यो ।
आज उत्पादन तथा प्रशोधन समूह मात्रै ०.१८ प्रतिशत, सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशत, स्वाबलम्बन लघुवित्तको ४.४७ प्रतिशत र सुपर खुदी हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो ।
