राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति यादव विच भेट

असार ३० काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव वित भेटवार्ता भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका हुन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

आज दिउँसो ३ः३० बजे उपराष्ट्रपति यादव कतार प्रस्थान गर्दै छन् । यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फ बाट शोक समवेदना व्यक्त गर्न कतार जान लागेका हुन् ।

उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फ बाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *