असार २८ काठमाडौं ।
भारत भागेकी बंगलादेशको पूर्वप्रधानमन्त्री हसिनाले स्वदेश फर्किएर आत्मसमर्पण गर्ने भएको छन् ।
भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किएर आत्मसमर्पण गर्ने बताएकी हुन् ।
हसिनाले आफू र आफ्नो पार्टी अवामी लिगका वरिष्ठ सहकर्मीहरू आगामी डिसेम्बरको आसपास निर्वासन बाट फर्किएर आत्मसमर्पण गर्ने योजनामा रहेको समाचार संस्था रोयटर्ससँग कुरा गर्दै बताएकी छन् ।
बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन्।
हसिनाले भनेकी छन् ’मेरो फिर्तीमा उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, उनीहरूले मलाई मार्न पनि सक्छन् ।,’ बिहीबार अबेर र शुक्रबारसम्म चलेको करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, ’तै पनि, मैले जानैपर्छ । मेरो पार्टीका नेता र कार्यकर्ताहरू माथि ठूलो दमन भइरहेको छ । यदि मृत्यु आउँछ । भने म यो आफ्नै माटोमा आओस् भन्ने चाहन्छु, जहाँ मेरा आमाबुबा गाडिएका छन् र जहाँ उनीहरूको रगत बगेको थियो ।’
सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइ न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएका थियो ।
