सरकारले गर्यो राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन विज्ञ मनोनीत

असार १६ काठमाडौं ।

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा बेलायत र अस्ट्रेलियाका तीन अन्तर्राष्ट्रिय विशेषज्ञलाई मनोनयन गरेको छ ।

सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको हो ।

कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार तीनजनाई नियुक्त गरेको जनाएको छन् ।

मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन् ।

लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पु¥याउँदै आएको उल्लेख गरेको छन् ।

डा. डाइनरस्टाइनले सन् १९७० र ८० को दशकमा चितवनमा गैंडा तथा बाघको अनुसन्धान गर्नुका साथै ‘तराई आर्क ल्यान्डस्केप’ को अवधारणा बनाउन मुख्य भूमिका खेलेका थिए ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *