परराष्ट्रमन्त्री शिशिर खनाल भ्रमणका लागि बेइजिङ प्रस्थान

जेठ ३१ काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि चिनियाँको बेइजिङ पुगेका छन्।

विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि गएराति बेइजिङ पुगेका हुन् ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गरेको छ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने जनाएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *