चितवनको सौराहामा पर्यटकको आगमन बृद्धि

वैशाख २१ काठमाडौं।
चितवनको सौराहामा पर्यटकको आगमन बृद्धि भएको छ।

सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेको जनाएको छ।

जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीहरुले जनाएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन्।

गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीहरुले जनाएका छन्। पछिल्लो समय भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक समेत सौराहा आएको स्थानीयले जनाएका छन्।

बिदाको दिनमा पर्यटकको सङ्ख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी रहेको छ।

चितवन आउने बाटो राम्रो भए पनि काठमाडौँ र भैरहवा बाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन नभएको स्थानीयले जनाएका छन।

यसवर्ष आफूले स्विमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको स्थानीयले बताएका छन्।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष समेत रहेका खतिवडा रेष्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *