काँकरभिट्टा नाका बाट १६ अर्ब बढी पेट्रोलियम पदार्थ आयात

२० वैशाख, काठमाडौं।
काँकरभिट्टा नाका बाट १६ अर्ब बढी पेट्रोलियम पदार्थ आयात भएको छ।

चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टा बाट रु. १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ।

यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइला लगायत वस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका जानकारी दिएका छन्।

पेट्रोलियम पदार्थ आयात बाट चालु आवको ९ महिनामा रु.७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको जनाएको छ।

कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा रु.७ अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको जनाएको छ।

त्यस्तै रु. ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल र रु.१ अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।

रु.५७ करोड ५१ लाख मूल्यबराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको भन्सार कार्यालय स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *