वैशाख १७ काठमाडौं ।
आज राष्ट्रपति रामचन्द्र पौडेल बाट सहकारी सम्बन्धी अध्यादेश जारी भएको छ।
पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यको अनुसार सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको जनाएका छन्।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाइएको छ।
अन्य अध्यादेशहरू माथि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श लिँइरहेकाे जनाएका छन्।
Post Views: 3