वैशाख १७ काठमाडौं।
आज नेपाल राष्ट्र बैंकले १ खर्ब बढी तरलता खिच्ने भएको छ।
नेपाल राष्ट्र बैंकले ९७ दिने अवधिको लागि निक्षेप संकलन उपकरणमार्फत वित्तीय प्रणाली बाट एक खर्ब २० अर्ब रुपैयाँ खिच्ने भएको हो।
४९ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको केन्द्रीय बैंकले लागेको जनाएको छ। बैंकको अनुसार बिहीबार सम्ममा वित्तीय प्रणालीमा करिब ५५ अर्ब तरलता रहेको जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्द छन्।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ।
Post Views: 3