वीरगन्ज नाका बाट २६ अर्ब बढी सवारी साधनको पाटपुर्जा आयात

वैशाख १६ काठमाडौं।
वीरगन्ज नाका बाट २६ अर्ब बढी सवारी साधनको पाटपुर्जा आयात भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा वीरगन्ज नाका हुँदै रु. २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको हो।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थि वर्षको सोही अवधिमा ६ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो।

चालु आर्थिक वर्षमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताएका छन्।

चालु आर्थिक वर्षको ९ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयात बाट मात्रै रु. १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ।

चालु आवको ९ महिनामा रु. १ अर्ब १७ करोड मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा रु.६ अर्ब ४२ करोड मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा रु. २ अर्ब ४ करोड मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा रु.२ अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ। भने चालु आर्थिक वर्षको ९ महिनामा रु. १ अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *