वैशाख ४ काठमाडौं।
हिल्सा नाका सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा जनशक्ति थप गरेको हो।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बीओपी हिल्सालाई सुरक्षार्थ मद्दत गर्न र निगरानी समेत गर्ने गरी जनशक्ति थपिएको जनाएको छ।
नेपाल सरकारको पछिल्लो निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म हेड क्वाटर हुम्ला बाट ९ जना थप प्रहरी बल खटाएको सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) पुष्कर सिंहले जानकारी दिएका छन्।
सीमा क्षेत्र अपराध न्युनीकरण सीमा रक्षा चोरी तस्करी नियन्त्रण गर्न थप टेवा पुग्ने डीएसपी सिंहले बताएका छन्।
६ घण्टा पैदल हिडेर नारा लेकको हिउँको जोखिम मोल्दै थपिएका जनशक्ति हिल्सा पुगेको डीएसपी सिंहले बताएका छन्।
Post Views: 4