पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक रिहा

चैत २६ काठमाडौं।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक रिहा भएका छन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एमालेका अध्यक्ष र गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासत मुक्त भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओली र लेखकलाई हिरासत मुक्त गरिएको बताएका छन्।

सरकारी वकिल कार्यालयको निर्णय पछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको जनाएका हुन्।

जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *