आज पहाडी जिल्लामा होली मनाइँदै

फागुन १८ काठमाडौं।
आज पहाडी जिल्लामा होली मनाइँदै छ।

काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ। भने सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ।

रंगहरुको पर्व होली पर्व काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै आएको छ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

असत्यमाथि सत्यको, अन्याय माथि न्यायको र दुराचार माथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ।

यसै बीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *