हिजबुल्लाहले ग¥यो लेबननबाट इसराइल आक्रमण

फागुन १८ काठमाडौं।
हिजबुल्लाहले लेबननबाट इसराइल आक्रमण गरेको छ।

लेबननस्थित इरान समर्थित समूह हिजबुल्लाहले इसराइलमा मिसाइल र ड्रोनले हमला गरेको हो।

इसराइलले अमेरिकासँग मिलेर इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि त्यसको बदला भन्दै हिजबुल्लाहले लेबनन बाट इसराइलको उत्तरी क्षेत्रमा हमला गरेको जनाएको छ।

इरानले लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइल माथि आक्रमण गराउँदै आएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएको छ।

हिजबुल्लाहले गएराति हैफाको दक्षिणमा रहेको इसराइली सेनाको मिस्मार हा–कार्मेल मिसाइल रक्षा केन्द्रलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरिएको अल–मनार टेलिभिजन मार्फत जारी वक्तव्यमा उल्लेख गरेको छ।

यसै बीच, इसराइली सेनाले सोमबार बिहान बेरुत क्षेत्रमा हिजबुल्लाहका वरिष्ठ लडाकुहरू लाई लक्षित गर्दै हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

लेबननको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीका अनुसार बेरुतको दक्षिणी उपनगर दहिये सहित विभिन्न क्षेत्रमा इसराइली हवाई आक्रमणपछि ठूलो संख्यामा सर्वसाधारण विस्थापित भइरहेको उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *