आज मध्यरातिदेखि मौन अवधि सुरु हुने

फागुन १८ काठमाडौं।
आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मध्याराति देखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएर मतदानको नसकिएसम्म लागु हुने छ।

मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न नपाइँने भएकाले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा उम्मेदवारहरु व्यस्त छन्।

शान्त वातावरणमा निर्वाचन गर्न र उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन रहेको छ।

मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले मतदानको वातावरण बन्छ र मतदाताहरु उत्साहित भएर मतदान गर्छन् भन्ने अपेक्षा सहित मौन अवधि सुरु गरिएको जनाएको छ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँ छ।

निर्वाचन आचारसंहितामा भनिएको छ, ‘दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रकृया वा माध्यम बाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *