माघ ४ काठमाडौं ।
आज राति १२ बजे देखि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आज बसेको आयोगको बैठकले निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको जनाएको छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता बनाई लागु गरेको आयोगले जनाएको छ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आचार संहिता लागु गरेको जनाएको छ।
Post Views: 2