वन्यजन्तु संरक्षण ऐनले दियो पाटेबाघ पक्रन वा मार्न आदेश

माघ ४ काठमाडौं।
वन्यजन्तु संरक्षण ऐनले पाटे बाघ पक्रन वा मार्न आदेश दिएको छ।

वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत पाटेबाघ पक्रन वा मार्न आदेश दिइएको छ।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका– ६ र ७ स्थित घुइँयाबारी क्षेत्रमा पाटेबाघले मानवीय एवं पशुधन क्षति गर्ने क्रम बढे पछि डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै बाघ पक्रन वा मार्न आदेश दिएको हो।

सल्यानका डिभिजनल वन अधिकृत टेकबहादुर रावलद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौं संशोधनसमेत थप) को दफा १० ‘क’ र ‘ख’ को व्यवस्थालाई कायान्वयन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० (पाँचौं संशोधन थप) को ३६ ‘क’ अनुसारको सिफारिस समितिले सिफारिस गरेकोले संरक्षित वन्यजन्तु जंगली पाटे बाघ पक्रन वा मार्नका लागि आदेश जारी गरिएको उल्लेख गरेको छ।

सल्यानको घुइँयाबारी क्षेत्रमा पाटेबाघले विगत एक हप्ताको बीचमा ३ जना मानिस र दुईवटा घर पालुवा जनावर गाईलाई आक्रमण गरी मारेर खाएकाले स्थानीय जनता र जन प्रतिनिधिहरूले पाटेबाघले मानिसलाई मात्र खोजीखोजी खान थालेको र गाउँघरमा घरबाहिर निस्कने अवस्था समेत नभएको भन्दै पाटे बाघ मार्न वा पक्रन आदेश दिएको छ।

स्थानियलाई आतंकित बनाएकोले पाटे बाघलाई कानुन बमोजिम नियन्त्रण गर्ने र मार्ने आदेश पाउँ भनी अनुरोध भई आएकाले उक्त आदेश कार्यान्वयका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्जमा अनुरोध गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *