आज काठमाडौँको विभिन्न स्थानमा बिजुली कटौती हुने

माघ ३ काठमाडौं।

आज काठमाडौंको विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सूचना मार्फत आज काठमाडौँको पानीपोखरी, लाजिम्पाट, माहारजगञ्ज र बालुवाटार लगायत क्षेत्रमा बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बिजुली कटौती गर्ने जनाएको छ।

राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य भईरहेकाले बिद्युत कटौती गर्नुपरेको प्राविधिकले जनाएको छ।

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रमा समेत सोही समयसम्म बिजुली कटौती हुने जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *