जेनेभा जाँदै राष्ट्रिय सभा अध्यक्ष नारायाण दाहाल

असोज २७ काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष नारायाण दाहाल जेनेभा जाँने भएका छन्।

विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट भाग लिन राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल जेनेभा जाँने भएका हुन्।

असोज ३१ गते दाहाल नेतृत्वको टोली सम्मेलनमा भाग लिन जाने तयारीको बारे राष्ट्रिय सभा अध्यक्ष नारायाण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा समेत कुराकानी भएको जनाएको छ।

प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई अनुरोध गरेको स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *