उर्जा मन्त्री कुलमान घिसिङ र चिनियाँ राजदूतबीच चेनबीच भेटवार्ता

असोज ८ काठमाडौं ।
उर्जा मन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूतबीच चेन सोङबीच भेटवार्ता भएको छ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र चीनयाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक, विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानी लगायतका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङले काठमाडौं उपत्यका चक्रपथ विस्तार अन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न अनुरोध गरेका छन्।

चिनियाँ कम्पनीले ठेक्का लिएको सबै काम पूरा गर्ने र राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *