असार २२ काठमाडौं ।
युद्धविराका विषयमा कतारमा वार्ताका लागि इजरायल तयार भएको छ।
गाजामा युद्धविराम र बन्धकको रिहाईको विषयमा कतारमा हमाससँग वार्ता गर्न एक प्रतिनिधिमण्डल पठाउन इजरायलले निर्णय गरेको जनाएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हमासको अस्वीकार्य परिवर्तको मागका बावजुद निमन्त्रणा स्वीकार गरेको जनाएको छ।
हमासले ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार भएको र हमासले कतार, अमेरिका र मिश्रको मध्यस्थताको योजनामा परिवर्तन चाहेको थियो।
Post Views: 22