असार २० काठमाडौं ।
रुसले युक्रेनको राजधानीमा ड्रोन र ब्यालिस्टिक मिसाइल हानेको छ। रूसले युक्रेन माथि ठूलो परिमाणको हवाई हतियारले आक्रमण गरेको हो।
अमेरिकी मिडिया सिएनएनका अनुसार युक्रेनको राजधानी किभमा लगायतका सहरमा रुसले लक्ष्य बनाएर ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।
युक्रेनी वायु सेनाले रूस बाट प्रहार भएकामध्ये ४७६ ड्रोन हवाइ प्रतिरक्षा प्रणालीले नष्ट पारेको बताएको छ। आक्रमणका कारण धेरै भवन र संरचनाहरूमा आगो लागेको र किभको रेलमार्गमा पनि क्षति पुगेको सिएनएनले लेखेको छ।
युक्रेनले रूसले गएराति गरेको हमलालाई युद्ध सुरू भएयताकै ठूलो हमला भनेको सिएनएनले जनाएको छ।
Post Views: 28