असार २० काठमाडौं ।
इजरायलले प्यालेस्टिनी भू–भागमा तीव्र बमबारी गरेको छ। इजरायली गोलबारीमा गाजामा कम्तीमा ६९ जनाको मृत्यु भएको र प्यालेस्टिनी भू–भागमा बमबारी तीव्र पारेको जनाएको हो।
राहतका लागि लाइनमा उभिएर वा सहयोग माग्न जाँदा मृत्यु भएको नागरिक सुरक्षा विभागले दिएको छ। गाजामा विस्थापित परिवारको आश्रयस्थल नजिकै भएको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको जनाएको छ। भने इजरायली सेनाले ठूलो मात्रामा हताहत भएको भन्ने रिपोर्ट झूट भएको बताएको छ।
यो घटना इजरायल र हमास दुवैमाथि नयाँ युद्धविराम र बन्धकको रिहा गर्ने सम्झौतामा सहमत हुन दबाब बढिरहेको समयमा भएको जनाएको छ।
इजरायली सेना (आईडीएफ)ले आफ्नो विमानले विगत २४ घण्टामा गाजामा करिब १५० आतंकवादी स्थानमा प्रहार गरेको बताएको छ।
Post Views: 26