राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै

असार १५ काठमाडौं ।
आज राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बैंकिङ प्रणाली मार्फत अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्न लागेको हो।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागिएको जनाएको छ।

बोलकबोल गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान रकमसम्म आवेदन पेस गर्न सक्ने जनाएको छ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँने तथा ६३ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमा आवेदन गर्ने बैंक र वित्तीय संस्थाले १० करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्।

बोलकबोलको ब्याजदर राष्ट्र बैंकले तय गर्ने र साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *