असार १४ काठमाडौं ।
मौसम प्रतिकूलता कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प भएको छ। नेपाल वायुसेवा निगमको उडान जेठ ३० गतेयता देखि मौसम प्रतिकुलता र कम भिजिबिलिटीका कारण उडानहरु रद्द भएको हो।
चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता पुनः उडान रद्द भएको छ।
बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असार यता चार उडान प्रभावित भएको निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीले जनाएका छन्।
प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेको जनाएको छ।
Post Views: 23