असार १३ काठमाडौं ।
सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै वन तथा वातावरण मन्त्रालयले मन्त्रीपरिषद्को निर्णय अनुसार नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो।
सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर कार्बन उत्सर्जन शून्य गर्ने अन्तरर्राष्ट्रिय प्रतिबद्धता अनुसार वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।
पत्रकार सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म महाअभियान अन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिने बताए बताएका हुन्।
Post Views: 26