असार १२ काठमाडौं ।
फेवातालको सीमाङ्कनका लागि पिलर गाडिएको छ। गण्डकी प्रदेश, नेपाल सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा काम थालिएको जनाएको छ।
सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको सीमाङ्कनपछि सीमा स्तम्भ गाड्ने काम भइरहेको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा काम थालिएको हो।
सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम भइरहेको र हालसम्म ३६० वटा पिलर गाडिसकिएको जनाएको छ। ताल घरमा सीमा स्तम्भ गाड्नको लागि सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ।
फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेश अनुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी काम गरिरहेको बताएको छ।
Post Views: 33