तिन महिनाका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द हुने

असार ९ चितवन ।
३ महिनाका लागि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द हुने भएको छ। वर्षा याम सुरु भए पछि हरेक वर्ष असार १५ गते देखि तिन महिना सम्म बन्द हुँदै आएको जिप सफारी यो वर्ष पनि बन्द हुने भएको छ।

तिन महिनाका लागि जिप सफारी बन्द भए पछि बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरु पन्छाउने र विभिन्न पुलहरुको मर्मत पछि मात्रै जिप सफारी खुला गरिने जनाएको छ।

वर्षायाममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरु ढल्ने, बाटो चिप्लो हुने, घाँस बढ्ने एवम् जंगली जनावरहरु समेत नदेखिने हुनाले निकुञ्जले जीप सफारी हरेक वर्ष बन्द गर्दै आएको निकुञ्जले जानकारी दिएको छ।

निकुञ्ज भित्र जीप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरुमा भने जीप तथा हात्ती सफारी यथावत नै सञ्चालन हुने निकुञ्जले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *